Latest From our Blog

रोगहरूबाट बचाउँछ भिटामिन डीले

प्रत्येक व्यक्ति आजीवन स्वस्थ र निरोगी रहन चाहन्छ । यसका लागि उसले आवश्यक सबै भिटामिन समुचित मात्रामा सेवन गर्नुपर्छ । अहिलेसम्म २० थरिका भिटामिनको खोज भए पनि भिटामिन ए, बी, सी, डी तथा के प्रमुख छन् ।भिटामिन डीहड्डी बलियो बनाउन क्याल्सियमको आवश्यकता हुन्छ । भिटामिन डीले क्याल्सियमको अवशोषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । पर्याप्त मात्रामा भिटामिन डीको सेवन गर्ने हो भने हड्डीसित जोडिएको रोगबाट बच्न सकिन्छ । यो भिटामिनले मांसपेशी बलियो बनाउनुका साथै शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि मद्दत गर्छ । यसले बोन मास बढाउँछ र फ्याक्चरको खतरा कम...

Read More

कान पाक्ने बालबालिकाहरूका लागि

बालबालिकाको कान बारम्बार पाक्ने समस्या छ भने कानमा पानी पर्न दिनु हुँदैन । त्यसैले नुहाउने बेलामा कपासलाई चिल्लो क्रिममा भिजाएर कानमा राख्नुपर्छ । नानी साना छन् भने दूध पिलाउँदा टाउकोलाई माथि तथा अरू भागलाई माथि राख्नुपर्छ । पौडी खेलाउँदा एयर प्लग प्रयोग गर्नुपर्छ । कानमा तेल तथा घरायसी औषधि प्रयोग गर्नु हुँदैन । बारम्बार रुघाखोकी लाग्छ भने समयमै उपचार गराउनुपर्छ ।  

Read More

स्वस्थ रहने सूत्र

तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत रूपमा एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । शरीरमा पानीले छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ । भोजनमा नुनको मात्रा कम : अचार, पापड, चटनी, केनु सुप र तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ । प्रतिदिन ५ ग्रामभन्दा कम नुन राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा, पोल्ट्री उत्पादन र ननभेज खानुपर्छ । आदर्श तौल : अतिरिक्त तौलका कारण पनि स्वास्थ्यका मामिलामा जोखिम बढ्छ र ह्दय रोग तथा...

Read More

बिहान सबेरै उठौं

बिहान सबेरै उठ्नु राम्रो बानी हो। सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ। बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ। त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया–कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ।बिहान चाँडै उठ्नुआफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन ।पानी पिउनुसाधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले यो बीचमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ ।...

Read More

धेरै थकाइ लागे सावधान

अहिले सबैजना आ–आफ्नो काममा व्यस्त छन् । महिलाहरू घरको काम पूरा गरेर बालबालिकालाई तयार गरी स्कूल पठाएर मात्र अफिस जान्छन् । यस क्रममा उनीहरूलाई थकान महसुस हुन्छ । अफिस पुगेपछि घर जाने हतारले सताउँछ । यसले गर्दा कुनै पनि काममा मन जाँदैन । यस्तो स्थितिमा सम्हालिनुपर्छ अन्यथा छिट्टै बूढो हुने सम्भावना बढ्छ । धेरै थकाइ लागे कोशिकामा क्षति पुग्छ । यसको असर बिस्तारै–बिस्तारै शरीरमापर्न थाल्छ । त्यसैले यस्ता सानातिना कुराबाट सम्हालिनुपर्छ अनि स्वस्थ रहने प्रयास गर्नुपर्छ । यसका लागि प्रशस्त स्वस्थ खाना खानुका साथै व्यायाम गर्नुपर्छ । तौल घटाउन पान बढेको...

Read More