Latest From our Blog

जस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छ(कविता )

किन होला यो दुनियाँमा यस्तो मात्रै हुन्छजस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छहिड्दा हिड्दै बाटो बिचमा साथ जस्ले छोड्छजिन्दगीको पहिलो माया उहि किन हुन्छ ? बिरक्तको कथा जस्तो बन्यो मेरो जीवनरिक्तताले मन पोल्छ एक्लो मेरो जीवनबिछोडको पीडा बन्दा रमाई दिन्छु यादमारुझिदिन्छ आँखा सधै कोही छनन साथमाकिन होला यो दुनियाँमा यस्तो मात्रै हुन्छजस्ले सबलाई खुशी दिन्छ उहि बढी रुन्छ ढलपल हुने आँशु थोपा चुहिन्छ कि भनितिम्रै यादमा जीवन बिते दिनहरु गनीतप्प चुहिए बिलाई जान्थ्यो बगी दिदा भेलदोषी होईनन यि नयन किन भयो झेलकिन होला यो दुनियाँमा यस्तो मात्रै हुन्छजस्ले सबलाई खुशी...

Read More

नजरमा तिमी छाइराख्यौ(गजल)

नजरमा तिमी छाइराख्यौ याद खूप आइराख्यौ ।   सुनिनौ कैले यो दिलको पुकार दुनियाँको कुरा पत्याइराख्यौ ।   देखेर पनि मलाई नचिन्ने चस्मा कस्तो लगाइराख्यौ ?   सँगालेर अरू कसैको सपना दिलमा मेरो उदाइ राख्यौ ।   ठानेथेँ तिम्लाई जीवन साथी थाङ्नामा पो सुताइराख्यौ   माग्दा हिसाब मेरो बैँसको कुरा किन चपाइराख्यौ ?   सुनाएर मलाई मेरै गजल दिवाना खूब बनाइराख्यौ ।

Read More

तिमीनै तिमीले भरिएको(कविता )

जब मैले पाए मेरा खुसिहरुतिमीमा फुलिरहेकोर मेरो अन्र्तशुन्यता छिन छिनमा तिमीमा बिलिरहेकोत्यसबेला मैले ठाने तिमी मेरो अन्र्तअगं हौहामी दुई आवाज एउटै श्रोतबाट आइरहेका छौ ।। जव मैले ठानेहामी दुई आवाज हौएउटै श्रोतबाट कम्पन भईनिस्किरहेका छौमैले पाए तिम्रा नजरमाआफना कयौ दृष्टिहरुर तिम्रो हासोमा देखे मैलेमेरा अनगिन्ती खुसिहरु ।। जब मैले बुझे मभित्रबिशाल तिमी सल्बलाई रहेछमेरो सोच र भावनामा उ भुलिरहेछतब मैले गुमाए नियन्त्रण आफनै सोचकोर भेट्टाए मेरो बिचलित हृदयतिमीनै तिमीले भरिएको ।।

Read More

बास देउ छोरा बिन्ती

घरबाट ननिकाल ,तिम्रो पाउ छुन्छौ हामी बास देउ छोरा बिन्ती,तिम्रै नोकर हुन्छौ हामी !! दिएहुन्छ बासी खाना,बाँडीचुडी खान्छौ दुवै दुख्न पुगे मन मुटु,आँशुहरु थुन्छौ हामी !! बोल्ने छैनौ कैले केही,लाउ वचन् जति पनि आश्रय नै छोराछोरी,तिम्रै कुरा सुन्छौ हामी !!कुल्ची हिंड हाम्रो आशा, बोझ भनि मातापिता वृद्ध मन टुटे पुन,एकान्तमा रुन्छौ हामी !!धेरै प्रश्न गर्छ आत्मा,धिक्कारदै आफैलाई सही सिख दिएनौ कि,यहि कुरा गुन्छौ हामी !!

Read More

** नयाँ वर्ष विशेष गजल **

नयाँ साल मा फूली दिनु फक्रीएको फूल सरीबाँकी जिवन बाच्नु सदा, संसारमा सुबास छरीजस्तो थियो बिगता मा, यथावतै रहोस साथनछुटियोस यात्रा पथमा,दोबाटोमा दोमन गरीआँधी हुरी आए पनि,अडिक रहोस जिन्दगीदिर्घायुको कामना छ,नजाओस है भुई झरीसुख सधै साथी बनोस्, हाँसी खुसी रहनु हैरक्षा गरुन भगवानले,दु:ख जती सारा हरीनव बर्ष सार्थक बनोस्, मेरो शुभकामनाआँसु भने नदेखियोस्,परेलिमा जूनी भरी

Read More