Latest From our Blog

अल्मलिएका परदेशी ( कविता )

चाड आए जस्तो लाग्छ -कता कता यो मन भित्र ।संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।। बढे जस्तो लाग्छ मलाई – नास्तिकको बाहुल्यता ।आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।। धर्म संग आस्था राख्ने – हिन्दू भन्न शरम मान्ने ।कस्ता धार्मिक भेटें मैले -चाडबाड पारी रक्सी तान्ने ।। दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।। नेता हुन दौडीरहेछन – संस्कृति र देस बिनाको ।सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।। धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल नगर्ने ।१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।। समाज सेवा गर्छु...

Read More

तिमी बिना बाँच्नै नसक्ने भएछु (गजल)

  तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु   स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु   मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु   बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन् बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु   रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु   त्यहि रातमा भेट्नेहरुले मरेको...

Read More