Latest From our Blog

जीवन के हो ?

जीवन के हो?
कोहि भन्छन जीवन दौड हो
मलाई लाग्छ कि जीवन प्रेसर कूकर जस्तै हो
समाजले येस भित्र धर्म हालेको छ
समाजले येस भित्र जात हालेको छ
समाजले येस भित्र रितिरिवाज घुसाऐको छ
समाजले येस भित्र पाप र पुन्य पनि हालेको छ
समाजले येस भित्र सपनाहरू बुनिदियेको छ
समाजले येस भित्र दुख र सुख पनि मिसाऐको छ
समाजले येस भित्र बुबा, आमा
र आफन्तजनलाई घोलेको छ
समाजले येस भित्र अलिकति रक्सी पनि मिसाऐको छ
र धुवा पनि
म त्यो प्रेसर कुकर बोकेर समाजको गल्ली गल्ली हिँड्छु
चौतारीमा बसेर चिच्याउछु
कसैले सुन्दैनन
सिट्टि लाग्छ
चौरासी बेन्जन पाक्छ
थालमा हालेपछि
म चौरासी बेन्जनको बास्नाले मर्छु ।